राजनीति

आठ जिल्ला होइन, २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौंः उपेन्द्र यादव

आठ जिल्ला होइन, २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौंः उपेन्द्र यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालकाअध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्वर–२ लाई मधेश प्रदेश बनाउँदै खोसिएको भू–भागलाई हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजस्थित हटियामा बिहिबार आयोजितचुनावी सभालाई सम्बोधनगर्दै यादवले २२ जिल्लालाई मधेश प्रदेश बनाउने आफूहरुको अडान कायमै रहेको बताए । आठ वटा जिल्लामात्रमधेश नभई २२ वटै जिल्लामधेशको भूभागभएको बताउँदै उनले भने ‘प्रदेश नम्वर–२ लाई मधेश प्रदेशको बनाउँदै खोसिएको भू–भागलाई हासिलगर्न संघर्ष अगाडि बढाउँछौं ।’ दक्षिण अफ्रिकामा गोराहरुले कालाहरुमाथि गरेको चरम विभेद जस्तै मधेशी जनतामाथि खस शासकवर्गले मधेशी जनतामाथि विभेदकारी व्यवहार गरिरहेको उनले बताए ।

गोर्खाली शासकवर्गले मधेशी जनतालाई दास बनाएर राख्दै आएको प्रष्ट पार्दै मधेशी जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्दै अधिकार प्राप्तिको संघर्षलाई जारी राख्ने उनले बताए । सप्तरी क्षेत्र नम्वर २ प्रतिनीधि सभा सदस्यका उम्मेदवारसमेत रहेकाअध्यक्ष यादवले मधेशी जनतालाई अधिकारबाट बञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमाप्राप्त अधिकारलाई कटौती गरेको बताउँदै उनले भने ‘हरेक तहमा बराबरीको अधिकारका लागि हाम्रो संघर्ष जारी छ, जबसम्म मधेशी जनताको अधिकार सुनिश्चित हुँदैन, तबसम्म आन्दोलन रोकिनेवाला छैन ।’


खस शासकवर्गलाई महाभारतको कौरवको संज्ञा दिंदै उनले मधेशी जनता वर्तमान अवस्थामा पाण्डवको भूमिकामा रहेको भन्दै अन्ततःजीत सुनिश्चित रहेको बताए । मधेशी जनताको चाहनाअनुसार नै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले फोरम नेपाल र राजपालाई मतदान गरेर आफ्नो ताकत देखाउन आमजनतालाई आग्रह गरेका छन् । विभेदअन्त्यकालागि फोरम नेपाल र राजपाको गठबन्धन मजबूत भएमात्र अधिकार प्राप्तहुने भन्दै मधेशको पक्षमा चट्टानभएर उभिन आह्वान गरे ।

विशेष