विचित्र विश्व

दश सन्तान भए, अझै दुई जना जन्माउने रहर

दश सन्तान भए, अझै दुई जना जन्माउने रहर

एजेन्सी । अहिलेको जमानामा १० जना छोराछोरी कसैले जन्माउला ? त्यो पनि बेलायतमा ? बेलायतको लिन्कोसायरमा रहेको एक दम्पत्तिले १० सन्तान जन्माएर सबैलाई चकित पारेका छन् । उनीहरुका पहिलो सन्तान १७ वर्षका छन् । आमा लुसी र बाबु क्लिभ एन्ड्रिउजबाट जन्मेका १० सन्तानका लागि खानामा मात्रै महिनाको १ हजार पाउन्ड खर्च हुन्छ । यति धेरै सन्तान भएर पनि दम्पत्तिको राम्रो जागिर छैन । १० सन्तानकी आमा लुसी सरसफाइको काम गर्छिन् । त्यो पनि पार्ट टाइम मात्रै । बाबु क्लिभ भने दिनभर सन्तानको हेरचाहमा समय बिताउँछन् ।

बेलायतमा एक सामान्य परिवारले महिनामा खानाका लागि औसतमा ४ सय पाउन्ड खर्च गर्छ । जबकी यो परिवारका लागि १ हजार पाउन्ड खर्च हुन्छ । एक हप्ताका लागि किनमेल गर्नु पर्यो भने यो परिवारले १५ प्याकेट मकैको चिउरा, १० किलो आलु, १५ पिन्ट दूध र अरु धेरै सामान किन्नु पर्छ । त्यो पनि केटाकेटीको टिफीन बक्सको लागि मात्रै ।
यो दम्पत्ति अरु दुई सन्तान जन्माउन चाहन्छन् ।

विशेष