कुन नेताविरुद्ध को उठेका छन् बागी ?
काठमाडौं । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा शीर्ष नेताहरुले नै बागीको सामना गर्नु पर्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध बागी उम्मेदवारहरु जित्नका लागि उठ्दैनन् । असन्तुष्टि पोख्न र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन बागी उठेपछि आधिकारिक उम्मेदवारहरुलाई तनाव हुने गर्छ ।
यसपटक उठेका बागी उम्मेदवारहरु यस्ता छन्ः
आधिकारिक उम्मेदवार बागी उम्मेद्वार र उनीहरुको पार्टी
रामचन्द्र पौडेल नेका गोविन्दराज जोशी नेका
महन्थ ठाकुर राजपा चन्द्रेश्वर झा, राजपा
उपेन्द्र यादव फोरम जयप्रकाश ठाकुर राजपा
अनिलकुमार झा राजपा गठबन्धन बबन सिंह, फोरम
हरिबोल गजुरेल माओवादी रामकुमार पौडेल माओवादी
माधवकुमार नेपाल एमाले एलपी श्रेष्ठ एमाले
टेकबहादुर बस्नेत सल्यान बामगठबन्धन उमाकान्त शर्मा माओवादी
हिराचन्द्र केसी बाम गठबन्धन कोमल ओली एमाले