राजनीति

एमाले नातावादमा चल्ने पार्टी रहेछ : वली

एमाले नातावादमा चल्ने पार्टी रहेछ : वली


स्याङ्जा । केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपा एमाले प्रवेश गरेकी कोमल वलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
नेकपा एमालेले कोमल वलीले प्रतिनिधिसभातर्फ दाङको क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिएकी हुन् ।

पार्टीले टिकट दिनेमा आफू ढुक्क रहे पनि पछिल्लो समयमा आएर पार्टीले धोका दिएको कोमल वलीले आरोप लगाइन् । अन्तिममा आएर शंकर पोखरेलले मैले सकिन भन्नुभयो । उहाँले माथिबाट निकै प्रेसर आयो मैले थेग्न सकिन, तपाईँ के गर्ने हो विचार गर्नुहोस् भन्नुभयो ।’

पार्टीले आफूलाई कहिले समानुपातिकमा त कहिले प्रत्यक्षमा उठाउने भन्दै प्रतिवद्धता व्यक्त गरे पनि आफूले नेताका घर नचाहरेकै कारण टिकट नपाएको वलीले बताइन ।

लामो समय रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेकी कोमल वलीले राष्ट्रवादी पार्टी भएकाले एमाले प्रवेश गरेको बताइन । ‘सबैथोक छाडेर राजनीतिमा आएँ । म हरेस खाने छैन । म राजनीतिमै समर्पित हुनका लागि रेडियो नेपालको जागिर छोडेँ । एमाले त इमान्दार पार्टी हो जस्तो लाग्थ्यो, यहाँ पनि नातावाद चल्दो रैछ ।’

विशेष