राजनीति

जे होस, प्रचण्डले जनताका लागि नभए पनि परिवारका लागि भने गरे, छोरीलाई मेयर, ज्वाईलाई प्रदेशको टिकट अब बुहारीलाई केन्द्रकै टिकट

जे होस, प्रचण्डले जनताका लागि नभए पनि परिवारका लागि भने गरे, छोरीलाई मेयर, ज्वाईलाई प्रदेशको टिकट अब बुहारीलाई केन्द्रकै टिकट

काठमाडौं । मनोनयनको दुई दिनअघिसम्म जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट कसले टिकट पाउने भन्ने अन्योल थियो । आकांक्षी थिए, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर र एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङ । माओवादीले अडान नछाडेपछि तामाङ प्रदेश र बिना प्रतिनिधिसभामा उम्मेदवार बनाइएका छन् ।

दोस्रो संविधानसभामा व्यापक प्रचारप्रसारका बावजुद पराजित बिना यसपटक वाम गठबन्धनका कारण जित निश्चित रहेको दाबी गर्छिन् । ‘क्षेत्र नं. १ का जनताले मलाई जिताएर पठाउनेछन,’ उनले भनिन् ।

दोस्रो संविधानसभामा बिना र एमालेका लालबहादुर विक कांग्रेसका दिवान विष्टसँग झिनो अन्तरले पराजित भएका थिए । यसपटक पनि उनको प्रतिस्पर्धा विष्टसँगै हुनेछ । विगत निर्वाचनमा प्रतिस्पर्धी रहेको एमालेसँग गठबन्धनले पनि केही सहज हुनेमा उनी आशावादी छिन् ।

कान्तिपुर दैनिकबाट

विशेष