राजनीति

चीनतिर सडक खोल्नु पर्छ भन्दा ‘वातावरण बिग्रन्छ खोल्नु हुँदैन’ भन्ने राम कार्कीलाई हराउलान विश्वप्रकाशले ?

चीनतिर सडक खोल्नु पर्छ भन्दा ‘वातावरण बिग्रन्छ खोल्नु हुँदैन’ भन्ने राम कार्कीलाई हराउलान विश्वप्रकाशले ?

काठमाडौं । माओवादीमा राम कार्कीको परिचय ‘वौद्धिक नेता’का रुपमा छ । उनको जस्तै छवि छ, कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको पनि । यी चर्चित नेता मंसिर २१ को प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट प्रतिस्पर्धा गर्दैछन् ।

केही दिनअघिसम्म कार्कीको नाम झापा २ मा चर्चामा थियो । शर्मा एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा भिड्ने हल्ला चलेको थियो । शर्माको नाम प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि आयो । ‘मुख्यमन्त्रीको उम्मेद्वार बन्दै गर्दा अन्य साथीको भाग खोस्नुपर्ने अवस्था बन्यो’, उनले भने, ‘त्यसैले केन्द्रमै जाने निर्णय लिएँ ।’

कार्कीले पार्टीको निर्देशनमा नभएर आफ्नै रोजाइमा झापाबाट उठेको बताए । ‘झापा १ मैले नै रोजेको क्षेत्र हो । यो क्षेत्रसंग मेरो पार्टीगत र पारिवारिक लगाव छ,’ उनले भने ।

कार्की चार दशकयता वाम राजनीतिमा सक्रिय छन् । २०३६ सालताका बहुदलको प्रचारका लागि रामराजाप्रसाद सिंहसँग यो क्षेत्रमा खटिएका थिए । यो क्षेत्रसँगको पुरानो मायाले आफूलाई तानेको उनी बताउँछन् । ‘दुर्भाग्यको कुरा घर बनाउने राजनीति मैले गर्न सकिनँ’, विपक्षी दलले टुरिष्ट उम्मेदवारको संज्ञा दिएकोमा कार्कीले थपे, ‘बरु राजनीति गर्न थालेपछि पुर्ख्यौली घर पनि बेचेँ ।’

शर्माको राजनीतिक योगदान पनि कम छैन । १४ वर्षको कलिलो उमेरमै हिरासत परेको अनुभव छ । ०४० सालमा धुलाबारी माविको नेविसंघ सभापति हुँदै ०४३ मा मेची क्याम्पसको सभापति बनेका शर्मा २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रवीन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका थिए । कुल मतमध्ये १ हजार १ सय ४४ मत बदर भएको थियो । ‘मत बदर कम भएको भए मेरो जित निश्चित थियो’, उनको दाबी छ ।
–कान्तिपुर दैनिकबाट


जे होस, प्रचण्डले जनताका लागि नभए पनि परिवारका लागि भने गरे, छोरीलाई मेयर, ज्वाईलाई प्रदेशको टिकट अब ल्याइते बुहारीलाई केन्द्रकै टिकट
काठमाडौं । मनोनयनको दुई दिनअघिसम्म जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट कसले टिकट पाउने भन्ने अन्योल थियो । आकांक्षी थिए, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर र एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङ । माओवादीले अडान नछाडेपछि तामाङ प्रदेश र बिना प्रतिनिधिसभामा उम्मेदवार बनाइएका छन् ।

दोस्रो संविधानसभामा व्यापक प्रचारप्रसारका बावजुद पराजित बिना यसपटक वाम गठबन्धनका कारण जित निश्चित रहेको दाबी गर्छिन् । ‘क्षेत्र नं. १ का जनताले मलाई जिताएर पठाउनेछन,’ उनले भनिन् ।

दोस्रो संविधानसभामा बिना र एमालेका लालबहादुर विक कांग्रेसका दिवान विष्टसँग झिनो अन्तरले पराजित भएका थिए । यसपटक पनि उनको प्रतिस्पर्धा विष्टसँगै हुनेछ । विगत निर्वाचनमा प्रतिस्पर्धी रहेको एमालेसँग गठबन्धनले पनि केही सहज हुनेमा उनी आशावादी छिन् ।

कान्तिपुर दैनिकबाट

विशेष