राजनीति

ईश्वर पोखरेलसँग नाम जोडिएपछि किन एकाएक आक्रोशित बनिन् रञ्जु ? के भयो यस्तो अनर्थ ?

ईश्वर पोखरेलसँग नाम जोडिएपछि किन एकाएक आक्रोशित बनिन् रञ्जु ? के भयो यस्तो अनर्थ ?

काठमाडौं । विवेकशील साझाका संयोजकमध्येका एक उज्ज्वलबहादुर थापा र चर्चित नेतृ रञ्जु दर्शना एमाले महासचिव ईश्वर पोखरेललाई चुनावमा जिताउन गोप्य रुपमा नेकपा एमाले प्रवेश गर्न लागेको भन्ने समाचारले रञ्जुको पारो तातिएको छ । नेपाल पाना भन्ने एक अनलाइन पोर्टलले यी दुवै नेताहरुको राजनीतिक चरित्र हत्या गर्ने हेतुले प्रकाशन गरेको समाचारमा उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको फेसबुक मार्फत जानकारी दिएकी छन् ।

अर्का संयोजक रवीन्द्र मिश्रले उज्ज्वल र रञ्जुलाई केवल मोहोरा मात्र बनाएको र चुनावपछि पार्टीबाट बाईकट गर्न आाटेकाले चुनावअघि नै यी दुई नेता रञ्जु र उज्ज्वलले एमालेका ईश्वर पोखरेललाई सघाएर आफ्नो स्थान सुरक्षित गर्न लागेको समाचार सो अनलाइनले छापेको थियो । उनले उक्त समाचार नसच्याए साइवर क्राइमअन्तर्गत मुद्दा दायर गर्ने धम्कीसमेत दिएकी छन् ।

विशेष