राजनीति

विनाविभागिय मन्त्री जनार्दन शर्माको घर विप्लव माओवादीको कब्जामा

विनाविभागिय मन्त्री जनार्दन शर्माको घर विप्लव माओवादीको कब्जामा

रूकुम । विप्लव माओवादीका कार्यकर्ताले विना विभागीय मन्त्री जनार्दन शर्माको घर कब्जा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी रुकुमले विना विभागीय मन्त्री शर्माको रुकुमस्थित घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् ।

शर्माले स्थानीय प्रशासन लगाएर आफ्ना नेता कार्यकर्तामाथी दमन गरेको आरोप समेत लगाएका छन् । उनीहरुले शर्माले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी नेपाल कम्युनिष्ट पार्टीविरुद्ध झुटो प्रचार गरेको, दलाल संसदिय ब्यवस्थाको नेतृत्व गरेर जनतालाई ढाटेकाले चेतावनीस्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमको दाबी छ ।

उनीहरुले शर्मा जिल्लामै रहेको बेला शुक्रवार राति दलाल संसदीय व्यवस्था मूर्दावाद लेखिएको व्यानर र कालोझण्डा उनको घरमा गाडेका हुन् ।

विशेष