राजनीति

बाम गठबन्धनलाई सघाउने भन्दै कोमल वलीले उम्मेदवारी फिर्ता लिइन

बाम गठबन्धनलाई सघाउने भन्दै कोमल वलीले उम्मेदवारी फिर्ता लिइन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दाङ–३ बाट स्वतन्त्र उमेद्वारी दिएकी चर्चित लोक गायिका कोमल वलीले उमेदवारी फिर्ता लिएकी छन्।

नेकपा एमालेका नेतासँग छलफलपछि पत्रकार सम्मेलन गर्दै वलीले उम्मेद्वारी फिर्ता लिएकी हुन् । राप्रपाबाट नेकपा एमालेमा प्रवेश गरेकी वलीले पार्टीबाट टिकट नपाएको भन्दै आफ्नो गृहजिल्लामा स्वतन्त्र उमेदवारी दिएकी थिर्इन् ।

मनोनयन दर्ताको पुर्वसन्ध्यामा एमाले उम्मेद्वारहरुको सूचीमा आफ्नो नाम नपरेकाले आक्रोशित भएर उम्मेद्वारी दर्ता गराएको वलीले पत्रकार सम्मेलनमा बतार्इन ।

विशेष