राजनीति

टिकापुर घटनाका नरसंहारकारी पनि उम्मेदवार !

टिकापुर घटनाका नरसंहारकारी पनि उम्मेदवार !

काठमाडौं । दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

राज्यको नजरमा फरार ब्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाई छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रुपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन्। अदालतले मुद्दाको अन्तिम किनारा नलगाएसम्म अभियुक्तलाई पनि उम्मेद्वार बन्न पाउने कानुनी प्रवाधान रहेको उनको भनाई छ। रेशमबिरूद्ध कसैको पनि उजुरी परेको छैन।

नागरिक

विशेष