राजनीति

भ्रष्टाचारी नेता जोशीको उम्मेदवारी खारेज

भ्रष्टाचारी नेता जोशीको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी दिएको उम्मेदवारी खारेज गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो ।

सोही सम्बन्धमा आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचिन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

जोशीविरुद्ध कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए ।  

 

विशेष