राजनीति

प्रचण्ड चुनावी क्षेत्रमा झरेसंगै नयाँ शक्ति र राप्रपाको जिल्ला कार्यसमिति तहसनहस

प्रचण्ड चुनावी क्षेत्रमा झरेसंगै नयाँ शक्ति र राप्रपाको जिल्ला कार्यसमिति तहसनहस

चितवन । नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य गोपाल परियार, हिमकला गैंरे र अमृत थिङ तामाङको नेतृत्वमा २ सयबढी नेता तथा कार्यकर्ता शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

त्यसैगरी राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाको नेतृत्वमा राप्रपाको जिल्ला कार्यसमिति पनि माओवादीमा बिलय भएपछि प्रचण्ड आफ्नो क्षेत्रमा निकै बलियो भएका छन् । कांग्रेसले यो क्षेत्रमा आफ्नो छुट्टै उमेद्वारी नदिएर राप्रपाका बिक्रम पाण्डेलाई समर्थन गरेको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन कमजोर हुँदा किसान, मजदुर, दलित, महिला, उत्पीडित समुदायका मुद्दा कमजोर हुने भएकाले एकतामा आउन सबैलाई आग्रह गरे । हिजो हामी कमजोर हुँदा संविधानमा समेत सबै मुद्दालाई संस्थागत गर्न नसकिएको बताउर्दै प्रचण्डले अब समाजवादको आधार निर्माण र क्रान्तिको तयारीका लागि सबै एक हुन पर्नेमा जोड दिए ।

विशेष