राजनीति

दोधारे कोमल बागी उम्मेदवारी २ दिन मै फिर्ता

दोधारे कोमल बागी उम्मेदवारी २ दिन मै फिर्ता

दाङ ।  दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेतृ कोमल वलीले उम्मेदवारी फिर्ता लिने वा नलिने भन्ने अझैं द्धविधामै छन्।

पार्टीले टिकट नदिएपछि रूष्ट भएर आधिकारिक उम्मेद्वारमाथि बागी उम्मेद्वारी दिएको वलीले आइतवार आज उमेदवारी फिर्ता लिने अन्तिम दिनसम्म पनि के गर्ने के नगर्ने आफू दोधारमा रहेको बताइन ।

दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ । गएराति देखि आइतबार बिहान २ बजेसम्म एमालेका विभिन्न नेतासँग बिभिन्न छलफल भयो । तर, म के गरौँ के नगरौं भन्ने अझै अन्यौंलमा छु,’ उनले भनिन्।

केन्द्रबाट समेत एमालेका शीर्ष नेतादेखि कांग्रेस माओवादीका नेताहरू तथा विभिन्न सेलिव्रेटी कलाकारले समेत फोन गरेर कसैले फिर्ता लिन सुझाए भने कसैले नलिन सुझाव दिएको उनले बताइन् । ‘के गर्ने अझै निर्णय लिन सकेको छैन,’उनले भनिन्, ‘एमाले मै बसेर राजनीति गर्ने भए फिर्ता लिनुहोस् भन्नेहरू पनि उत्तिकै छन्, तर तपाँईले एमाले त्याग्नुपर्छ भन्दै फिर्ता लिनुहुन्न भन्नेहरुको पनि कमि छैन, त्यसैले के गरु के नगरु भन्ने द्धविधा मै छु।’

विशेष