राजनीति

पर्यटन व्यवसायी लिम्बु प्रतिनिधि सभाका उम्मेदवार

पर्यटन व्यवसायी लिम्बु प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौ । आगमी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका निम्ति पर्यटन व्यवसायी दल बहादुर (डिबी) लिम्बु उम्मेदवारी बनेका छन३ ।
नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लिम्बुसहित अन्य उम्मेदवारको नाम केही दिन अघि ललितपुरमा चुनावी प्रचारप्रसार कार्यक्रमबीच पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सार्वजनिक गरेका हुन३ ।

विगत तीन दशकदेखि पर्यटनमा आवद्ध लिम्बुले मुलुकमा सधैं राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेको भन्दै समग्र पर्यटनको विकासद्धारा मुलुकको आर्थिक विकास गराउन सकिने बताए । पर्यटनको माध्यमद्धारा मुलुकको विकास र शुद्ध आर्थिक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले अत्याधिक मतले बिजयी गराई एक पटक काम गर्ने अवसर दिने कुरामा आफू ढुक्क रहेको उनले बताए ।

यस्तो छ दलबहादुरको जीवन यात्रा

भनिन्छ समय नै जीवन हो । समयले मानिसलाई जता लान्छ जीवन उतै जान्छ । दल बहादुर लिम्बुको जीवन पनि यस्तै भयो । ब्रिटीस आर्मीमा जागिर खाने सोच थिएन तर १४ वर्षको उमेरमा जागिरे भए । अहिले उनी अहिले सफल पर्यटन व्यवसायीको रुपमा स्थापित भएका छन् । नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनमा लिम्बु नयाँ शक्ति पार्र्टी, नेपालको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् ।

वि.स. २०१८ श्रावणमा धरानमा बुबा रामलाल लिम्बु र आमा आइतोतीको कोखबाट जन्मिएका लिम्बु ६ जना सन्तानमध्ये माइलो सन्तान हुन् । उनको बाल्यकाल मध्य वर्गीय परिवारमा बित्यो । स्थानिय बिद्यालय निकेतन मा.वि.बाट अक्षर शुभारम्भ गरेका लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्रिर्ण गरे । त्यसपछि ब्रिटीस आर्मीमा जागिर खान हङकङ गएर त्यहाँ १४ वर्ष बिताए । २०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाउएका लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गरे । त्यहाँ हुँदा उनले नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाईरहन्थ्यो । त्यसपछि २०५१ सालको अन्त्यतिर नेपाल फर्किएर २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन सुरु गरे ।

निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लागेका लिम्बु ०६१ देखि नै ट्राभल्सको सबैभन्दा ठुलो छाता संगठन नाट्टामा आबद्ध भए । २००६ मा नाट्टामा सचिव भए र २००८ मा महासचिव भए । लिम्बु २०१४ देखि ०१६ सम्म अध्यक्ष रहए । त्यस्तै, २०६४ मा ग्रान्ड एकेडेमी स्कुल सातदोबाटोको प्रबन्ध सञ्चालक भएका लिम्बु २०७० देखि ०७२ सम्म अध्यक्ष भए । संयुक्त पर्यटन समन्वय समितिको संयोजकसमेत रहेका उनी अहिले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवन टोल विकास संस्थाको अध्यक्ष छन् । फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा.लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर रहेका छन् ।

विशेष