राजनीति

सांसदका लागि कुर्सी जोहो गरिदैं

सांसदका लागि कुर्सी जोहो गरिदैं

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ ।

आम निर्वाचन नजिकिदैं गर्दा संसद सचिवालयले संघीय संसदका दुबै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मतमात्रै गर्ने भन्ने टुंगो लागेको छैन ।

संविधानअनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ र समानुपातिकबाट आउने ११० गरी २७५ सांसद हुनेछन् भने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य हुनेछन् । दुबै सदनको संयुक्त बैठक बस्न प्रतिनिधिसभा बैठक कक्षमा ३३४ कुर्सी आवश्यक पर्छ ।

कान्तिपुर

विशेष