राजनीति मुख्य समाचार

चार हजार चार सय ८२ उम्मेदवारलाई चुनाव चिन्ह

चार हजार चार सय ८२ उम्मेदवारलाई चुनाव चिन्ह

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरण अर्थात् मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका चार हजार चार सय ८२ उम्मेदवारलाई आइतबार निर्वाचन चिन्ह प्रदान गरेको छ ।

दल तथा स्वतन्त्रपूर्वक गरी उम्मेदवारी दिएका उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो । कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि ४,७४७ जनाले उम्मेदवारी दिएका थिए ।

तर, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४,४८२ जना उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरिएको जानकारी आयोगले दिएको छ ।

 अन्नपूर्ण

विशेष