राजनीति

अधिकांश उम्मेदवार दल–बदलु

अधिकांश उम्मेदवार दल–बदलु

काठमाडौं । २०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे । २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने ।

उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे । विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव उतै जोडिए । पार्टीमा गच्छदारपछिको भूमिकामा ९वरिष्ठ उपाध्यक्ष० रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे ।

छोरा विक्रमलाई तत्काल माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए । नवप्रवेशी उनै रामेश्वर माओवादीबाट सर्लाही ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका छन् ।

 कान्तिपुर

विशेष