राजनीति मुख्य समाचार

"मजाकको विषय होइन, नेपालले समुन्द्रमा पानी जहाज चलाउनु पर्छ"- ओली

"मजाकको विषय होइन, नेपालले समुन्द्रमा पानी जहाज चलाउनु पर्छ"- ओली

नेपालले समुन्द्रमा पानी जहाज चलाउनु पर्ने र यसले सामान निर्यात र आयात गर्न नेपाललाई सहयोग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

कोटेश्वरस्थित रोयल ब्याङ्केटमा प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘यो कुनै मजाकको विषय होइन, पानीमा भूमि जोडिएको देशले मात्रै जहाज चलाउनु पर्ने छ भन्ने छैन । हामीले हाम्रा समान पठाउने र ल्याउने गर्नुपर्छ । र, अरु भाडामा काम गरेर नाफा पनि कमाउन सक्छ ।’

त्यस्तै बाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र अहिले सम्मको उत्कृष्ट घोषणा जरी गरेको बताए । बाम गठबन्धनले नेपाललाई १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ ।

यसले नेपालमा रोजगारीका अवसरहरु, आत्मनिर्भरता र विशेष गरी पर्यटन क्षेत्रमा टेवा पुराउने, जसबाट रोजगारी र राष्ट्रिय आयलाई प्रवद्धन गर्ने ओलीले बताए ।
कोही पनि नेपाली अनपढ, बेरोजगारी हुन नपरोस् भनेर बाम गठबन्धनले उक्त घोषणापत्र जारी गरेको ओलीले बताए ।

सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै कृषि फार्महरुमा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन र बीउ सुरक्षा कार्यक्रम लागू गर्ने योजना घोषणापत्रमा छ ।

मुलुकको अर्को प्रमुख दल नेपाली कांग्रेसले कात्तिक १३ गते नै प्रतिनिधिसभा र प्रदेशसभा लक्षित आफ्नो घोषणापत्र जारी गरिसकेको छ ।

bam gathabandan

विशेष