राजनीति

ठूला नेताका पति पत्नि नै उम्मेदवार

ठूला नेताका पति पत्नि नै उम्मेदवार


काठमाडौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही राजनीतिक दलका कतिपय नेताहरू दम्पती नै उम्मेदवार बन्नुभएको छ ।

मङसिर १० र २१ गते हुने निर्वाचनका प्रमुख दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी–केन्द्र सहित साना दलहरूबाट पनि चर्चामा रहनुभएका नेता दम्पती नै प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस पटक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी श्रीमती आरजु राणा देउवा दवबै प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवा विगतकै आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट उम्मेदवार हुनुहुन्छ भने श्रीमती आरजु कैलालीको क्षेत्र नं ५ बाट उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वाम गठबन्धनको तर्फबाट बर्दियाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नुभएको छ । उहाँकी श्रीमती तुलसा थापा नेकपा एमालेको समानुपातिक सूचीमा पर्नुभएको छ । श्रीमती थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा पर्नुभएको छ ।

गोरखापत्र

विशेष