राजनीति

२८१ निवर्तमान सांसद ‘रिङबाहिर’, कसले कति दोहोर्‍याए

२८१ निवर्तमान सांसद ‘रिङबाहिर’, कसले कति दोहोर्‍याए

काठमाडौं । विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् ।

अघिल्लो संसद्मा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा ९प्रत्यक्ष र समानुपातिक गरी कुल० २ सय ७५ र प्रदेशसभा सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् ।

सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसद्मध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ ।

निवर्तमान सांसदमध्ये कांग्रेसले धेरैलाई दोहोर्‍याएको छ भने एमाले- माओवादीले धेरैलाई रिङबाहिर पारेका छन् ।

अन्य निवर्तमान सांसदलाई भने उसले दोहोर्‍याएको छैन । उसले अधिकांश नयाँ अनुहारलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । एमालेले कास्की(४ बाट जितेकी सीता गिरी ओली, बझाङ(२ बाट जितेका लालबहादुर रावल, मुगु(१ बाट जितेका मोहन बानियाँ, बाँके(२ बाट निर्वाचित दिनेशचन्द्र यादव र बाजुरा(१ बाट निर्वाचित कर्णबहादुर थापालाई मात्रै यसपटकको प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपतिक उम्मेदवार बनाएको छ ।

कांग्रेसले भने विघटित संसद्कै बहुमत सदस्यलाई आगामी संसद्का लागि अगाडि सारेको छ । कुल २०७ सांसदमध्ये कांग्रेसले ८४ जनालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै दोहोर्‍याएको छ । उसले २५ निवर्तमान सांसदलाई भने यसपटक समानुपातिकतर्फ र ३१ जनालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ । उसका १४० जना पुरानै सांसद अहिले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार छन् । अन्य नेता भने कांग्रेसमा पनि रिङबाहिरै पुगेका छन्।

यसबीचमा कांग्रेसले एमाले माओवादीबाट कांग्रेस प्रवेश गरेका र फोरम लोकतान्त्रिकबाट एकतामा आएका नेतालाई पनि निर्वाचनमा टिकट दिएको छ । माओवादीबाट कांग्रेस प्रवेश गरेका शम्भुलाल श्रेष्ठलाई सर्लाही १, एमालेबाट आएका मोहनसिंह राठौरलाई कैलाली२ मा उम्मेदवार बनाएको छ । त्यस्तै, विजय गच्छदारसँगै पार्टी एकतामा आएका तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदार, मुस्ताक आलम, योगेन्द्र चौधरी, जनकराज चौधरी, रामजनम चौधरी, डा। सुवोधकुमार पोखरेललगायत नेतालाई पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फकै उम्मेदवार बनाएको छ । उसले फोरम लोकतान्त्रिकबाट आएका १० पूर्वसांसदलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उठाएको छ ।

माओवादी केन्द्रले आफ्ना कुल ८१ सांसदमध्ये २८ जनालाई मात्रै प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचन लडाएको छ । त्यस्तै, उसले रेखा शर्मा, मानपुर चौधरीलगायत सात पूर्वसांसदलाई मात्रै समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उसका पनि ४४ जना निवर्तमान सांसद अहिले चुनावी रेसबाट बाहिरिएका छन् । माओवादी छोडेर शम्भुलाल श्रेष्ठले कांग्रेसबाट टिकट लिएका छन् भने एकजना सांसद भक्तिप्रसाद पाण्डेको निधन भइसकेको छ ।

कुन पार्टीका कति दोहोरिए 

एमाले ५८

कांग्रेस १४० (गच्छदारसँगै आएका थप १० जना)

माओवादी १६

राप्रपा (प्रजातान्त्रिक)

संघीय समाजवादी फोरम ३

राजपा २५

नेमकिपा २

राजमो २

विशेष