राजनीति

छैठौं लडाइँ लड्दै खनाल, माओवादीकै भर

छैठौं लडाइँ लड्दै खनाल, माओवादीकै भर


काठमाडौं । ‘युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बने बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’

खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् । जिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरिदिएपछि के चाहियो रु

‘यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो,’ खनालले छैटौं पटक प्रतिनिधिसभाका लागि टिकट लिँदाको अनुभव सुनाए ।

कान्तिपुर

विशेष