राजनीति मुख्य समाचार

पहिलो चरणको मतपत्र छपाइ सकिएपछि आयोगले सम्बन्धित जिल्ला पठाउन सुरु गर्यो

पहिलो चरणको मतपत्र छपाइ सकिएपछि आयोगले सम्बन्धित जिल्ला पठाउन सुरु गर्यो

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएसँगै सम्बन्धित जिल्लामा पठाउन थालिएको छ । छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाउन सुरु गरिएको निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

उका अनुसार मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिनेछ । सर्वोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग मतपत्र छाप्ने निर्णय गरेको थियो ।
एउटै पानामा तल र माथि दुवै मतपत्र छाप्ने तयारी भएका बेला उक्त निर्णयलाई परिवर्तन गरी आदेशअनुसार आयोगले अलगअलग मतपत्र छापेको हो ।

पहिलो चरणको मतपत्र २० गतेसम्म छापिसक्ने र दोस्रो चरणको २१ गतेदेखि छाप्ने कार्यतालिका थियो तर एक दिनअगावै पहिलो चरणको छाप्ने काम सकिएपछि दोस्रो चरणको छाप्न थालिएको छ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी ७५ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् ।

 

विशेष