राजनीति मुख्य समाचार

राप्रपाको घोषणापत्रः ‘हिन्दूराष्ट्र नेपाल र राजसंस्था छाड्दैनौं’

राप्रपाको घोषणापत्रः ‘हिन्दूराष्ट्र नेपाल र राजसंस्था छाड्दैनौं’

काठमाडौं । हिन्दूत्व र राजसंस्था पुनस्र्थापनाको एजेन्डालाई कमल थापा नेतृत्वको राप्रपाले निरन्तरता दिएको छ । ललितपुरमा मंगलबार आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष कमल थापालो भने, ‘हामी राजसंस्था सहितको लोकतन्त्रमा विश्वास गर्छाैं । हिन्दूत्व हाम्रो अविचलित मान्यता हो ।’

‘राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्व हाम्रो प्रमुख विषयहरु हुन्, हामी खुला आर्थिक नीतिको माध्यमबाट मुलुकलाई समृद्धी बनाउन चाहन्छौं’ अध्यक्ष थापाले भने ।
असंलग्न परराष्ट्र नीति, राज्यमा कोही पनि नागरिकताविहीन भएर बाच्नु पर्ने दिनको अन्त्य र कुनै पनि विदेशीले नेपाली नागरिकता लिन नपाउने व्यवस्थाको पक्षमा राप्रपा रहेको सो अवसरमा थापाले बताए । सबै धर्मबीच समभाव, राष्ट्रिय सुरक्षालाई प्राथमिकता, सेनाको व्यवसायीकरण, सीमा व्यवस्थापन लगायत राप्रपाको लक्ष्य रहेको थापाले उल्लेख गरे ।
आगामी दश वर्षमा मुलुको आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्याउँने, १५ वर्षमा सबैलाई स्वदेशमै रोजगारी दिने र विदेशमा काम गरिरहेकाहरुलाई पनि फर्काएर नेपालमै रोजगारी दिने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।

विशेष