राजनीति

यसरी भोट माग्दैछन् विराटनगरमा लालबाबु

यसरी भोट माग्दैछन् विराटनगरमा लालबाबु


मोरङ । मोरङ क्षेत्र नं। ६ का उम्मेदवार तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घरदैलो अभियान सुरु गरेका छन् ।

मन्त्री रहदा चर्चित रहेको पडिण्तलाई अहिले चुनावी घर दैलो अभियानमा उत्साहका साथ युवा, वृद्ध, महिला तथा केटाकेटीले समेत दिइरहेका छन् ।

अभियानमा साथ दिने जनताको उत्साहका आधारमा उनको जित सुनिश्चित जस्तै भएको घरदैलोमा सहभागी भइरहेको अनेरास्वियूका सचिव ओसिम आलम भन्छन् । पडिण्त अहिले कृषकको खेतबारीदेखि बजार क्षेत्रसम्म पुगेर भोट मागिरहेका छन् ।

उनले विराटनगरलार्इ प्रदेश न. १ को राजधानी बनाउन महत्त्वपूर्ण पहल गर्ने बताउँदै काँग्रेसले समेत बेवास्ता गरेको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा विराटनगरमा घण्टाघर बनाउने कुरा आफूले पुरा गर्ने बताए ।

प्रदेशसभा सदस्यमा मोरङ क्षेत्र नं। ६ (क)को उम्मेदवार जीवन आचार्य र (ख)को उम्मेदवार रमेश पोख्रेल पनि घर दैलो अभियानमा सँगै छन् ।

विशेष