राजनीति

मधेश हितमा वकालत गर्ने दल काँग्रेस – देउवा

मधेश हितमा वकालत गर्ने दल काँग्रेस – देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताएका छन् ।

नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गरे ।

उनले भने – “सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ । ” जनकपुरधाम र मधेसको विकासका सवालमा काँगे्रस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उनले उल्लेख गरे ।

उनले भने – “बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।”

नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले काँगे्रसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताए । कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो ।

Sher Bahadur Deuba

विशेष