राजनीति

सेनाद्वारा नेताहरुको सत्तोसराप

सेनाद्वारा नेताहरुको सत्तोसराप

काठमाडौं । नेपाली सेनालाई अत्यान्तै अनुशासित, विवादरहित र चेन अफ कमान्डमा चल्ने लडाकु संस्था मान्निछ ।

तर यसमा यस्ता–यस्ता भाइरस पनि पसेका रहेछन् कि जसका कतिपय हकर्तबाट सारा फौजको बदनाम हुने आशंका उत्पन्न भएको छ । बर्दी लगाएर पूर्व राजाको जयजयकार गर्ने, राजनीतिक दलहरुप्रति विषवमन गर्ने त्यो पनि सामाजिक सञ्जालमार्फत भनेपछि सेनाको नाक काट्ने नै भए । 

यसो हुँदा पनि जंगी अड्डा मुकदर्शक रहेपछि ‘के यो सारा नेपाली सेनाको आवाज र धारणा हो ?’ भन्ने प्रश्न खडा भएको छ । होइन भने सैनिक नेतृत्व मेजर भरत खड्काको हकमा किन अझै मौन छ ? उनी कंगोमा अब्जर्भरको रुपमा खटिएका छन् तर उतैबाट मलेरिया बोकेर आएपछि छाउनीस्थित अस्पतालमा भर्ना गरेर राखिएको छ ।   

तिहारताका पूर्वराजा ज्ञानेन्द्रले ‘अब सक्रिय हुनुपर्यो’ भन्दै दिएको अभिव्याक्तिको पक्षपोषण गर्ने यी मेजरले अक्टोबर २१ मा ‘ज्ञानेन्द्रले सामान्य कुरा बोल्दा पनि ब्लडी चोरहरु आत्तिनुपर्ने  ?’ भनेर फेसबुकमा लेखेका थिए ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

विशेष