वाम घोषणापत्रः पाँच वर्षमा यति धेरै ‘ललिपप’कसरी होला पूरा ?
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको साझा चुनावी घोषणा पत्रले पाँच वर्षे कार्यक्रम अविश्वसनीय ढंगबाट अगाडि सारेको छ । साना तिना विकासे कामका लागि त वर्षौं लाग्ने हाम्रो मुलुकमा एमाले–माओवादीको चुनावी घोषणा पत्रमा पाँच वर्षमा विकासका काम सबै सम्पन्न नै गर्ने लक्ष्य राखिएको छ । यस्ता छन् गठबन्धनले आगामी पाँच वर्षमा सम्पन्न गर्ने कामहरुः
खाद्यन्न निर्यात– पाँच वर्षमा
पूर्व–पश्चिम ६ लेन– पाँच वर्षमा
तीव्र गतिको विद्युतीय रेल– पाँच वर्षमा
काठमाडौंमा रेल– पाँच वर्षमा
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल–पाँच वर्षमा
रसुवागढी–काठमाडौं–पोखरा– लुम्बिनी रेल– पाँच वर्षमा
अन्य अवधिमा
खाद्यन्न, माछामासु, अन्डा र दूधमा आत्मनिर्भर– दुई वर्षमा
फास्ट ट्रयाक – चार वर्षमा
पोखरा विमानस्थल–तीन वर्षमा
भूकम्प–पुनर्निर्माण– दुई वर्षमा
प्रतिव्यक्ति आय ५ हजार डलर–१० वर्षमा
समुन्नत (जापान अमेरिका जस्तो) देश–२६ वर्षमा
१५ हजार मे.वा. बिजुली – १० वर्षमा
समाजिक सुरक्षा भत्ता ५ हजार– तुरुन्तै
मेलम्चीको पानीका लागि वर्षौ बितिसक्यो । १ हजार मेगावाट बिजुली ३० वर्षमा पनि उत्पादन गर्न नसकेर अहिले भारतबाट आयत गरेर लोडसेडिङ मुक्त गरिएको छ । काठमाडौंको सडक विस्तार बाबुराम भट्टराईको पालमा सुरु भएको अझै सकिएको छैन । यस्तो जर्जर अवस्थामा यति धेरै ठूला योजना पाँच वर्षमा कसरी पूरा होला ? खर्च कहाँ बाट ल्याउने भन्ने प्रश्न पनि उब्जिएको छ ।