राजनीति

काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री बस्नेत

काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री बस्नेत

काठमाडौँ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले निर्वाचनमा नेपाली काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुने बताएकी छिन् । 

गोकर्णेश्वर नगरपालिका–५ मा आज प्रचारप्रसारका क्रममा उनले भनिन्– “संविधान कार्यान्वयन र लोकतान्त्रिक स्थायित्वका लागि काँग्रेसको जित आवश्यक छ ।” 

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं ३ का उम्मेद्वारसमेत रहेकी मन्त्री बस्नेतले “काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन र मुलुकको आर्थिक विकासका लागि आगामी निर्वाचनमा काँग्रेसको जित आवश्यक छ,” भनिन् । 

ambika basnet

विशेष