राजनीति

निर्वाचनमा बालबालिका प्रयोग गर्न निषेध

निर्वाचनमा बालबालिका प्रयोग गर्न निषेध

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताउनुभएको छ ।

उहाँले बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन राजनीतिक दल तथा उम्मेदवारहरूसँग आग्रह पनि गर्नुभएको छ ।

बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी सङ्घसंस्थाले दिएको नागरिक अपिल बुझ्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको जानकारी दिनुभयो ।

सकभर विद्यालयमा यस पटक मतगणना गर्ने आयोगको नीति नभएको तर जिल्ला सदरमुकामका विद्यालयमा मतगणना हुन सक्ने सम्भावना भने उहाँले औँल्याउनुभयो ।

राजनीतिक दल र उम्मेदवारबाट हुन सक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोग सहज र सचेत रहेको पनि उहाँले बताउनुभयो ।

शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालबालिकाको प्रयोग हुनुहुन्न भनी जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गर्नु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गर्नुभयो ।

आजको गोरखापत्रमा खबर छ ।

विशेष