राजनीति

भूकम्पपीडितको घर बनाउन राखिएको रडमा अल्झिएर लडे नारायणकाजी

भूकम्पपीडितको घर बनाउन राखिएको रडमा अल्झिएर लडे नारायणकाजी

काठमाडौं । चुनावी प्रचारका क्रममा माओवादी नेता तथा वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ सामान्य घाइते भएका छन् ।

घाइते भएपछि उनको घरदैलो कार्यक्रम प्रभावित भएको छ । सुलिकोट गाउँपालिकाको सौरवानीमा घरदैलो गर्दा मंगलबार भूकम्पपीडितले घर बनाउन राखेको रडमा अल्झिएर श्रेष्ठ लडेका थिए । ‘निधारमा र खुट्टामा सामान्य चोट लागेको छ,’ श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले भने, ‘बुधबार बारपाकमा घरदैलो गर्ने कार्यक्रम थियो, तर हुन सकेन, अब एक–दुई दिन पछि सर्छ ।’

नयाँ पत्रिका

विशेष