विचित्र विश्व

२६ फिट लामो अजिंगर मारेर खाइयो

२६ फिट लामो अजिंगर मारेर खाइयो

एजेन्सी । खेतबारीमा देखिने सर्प मारेर खाएका समाचार त नयाँ होइनन् । तर भीमकाय अजिंगर नै मारेर खानु चाहीँ अनौठो हो ।

इण्डोनेसियामा यस्तै भएको छ । इन्डोनेसियाको सुमात्रा टापुस्थित बतंग गन्सल क्षेत्रमा त्यहाँका नागरिकहरुले हालै एक अजिंगरलाई मारेपछि भुटेर खाएका छन् । २६ फिट लामो अजिंगरलाई स्थानीयहरुले सामुहिक रुपमा मारेका थिए ।   

गत शनिबार बतंग गन्सल क्षेत्रमा स्थानीय एक सुरक्षा गार्डले उक्त अजिंगर भेटेपछि उनले समात्न खोज्दा हात नै टोकिदिएपछि केही सुरक्षा गार्ड र स्थानीयहरुको संयुक्त प्रयासमा यस्तो घटना भएको हो ।   

३७ वर्षीय सुरक्षा गार्डले आफूलाई आक्रमण गर्न खोजेपछि अजिंगर समातेर मार्नु परेको बताएका छन् । इण्डोनेसिया र फिलिपिन्समा यस्तै लामा अजिंगरहरु प्रशस्त भेटिन्छन् । त्यहाँका कतिपय आदिवासी समुदायमा सर्पको मासु खाने चलन पनि छ ।

विशेष