राजनीति

३ पटक प्रतिनिधिसभा र एकपटक राष्ट्रिय सभाको चुनावमा पराजित थीए तर पाँचौंपटकमा जित

३ पटक प्रतिनिधिसभा र एकपटक राष्ट्रिय सभाको चुनावमा पराजित थीए तर  पाँचौंपटकमा  जित

बझाङ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भनेका थिए, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’ यही भनाइ बझाङका नव निर्वाचित सांसद भैरवबहादुर सिंहको जीवनमा पनि मेल खान्छ । ३ पटक प्रतिनिधिसभा र एकपटक राष्ट्रिय सभाको चुनावमा पराजित सिंह राजनीतिमा थाकेनन् । प्रयत्न गरिरहे । पाँचौंपटकमा उनले जित आत्मसात् गरेका छन्, गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने पहिलो संघीय संसदको सदस्य निर्वाचित भएर ।
उनी आफ्ना प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय  २ मतले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भए । २०४८ यताका निर्वाचनमध्ये जिल्लामा सबैभन्दा धेरै मत अन्तरले जित्ने पहिलो नेतासमेत हुन पुगे । भैरवबहादुर यसअघि तत्कालीन क्षेत्र नम्बर २ बाट २०४८, ०५१ र ०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारसँग लगातार पराजित भएका थिए । लगत्तै २०५८ मा भएको राष्ट्रिय सभाको सदस्य निर्वाचनमा पनि उनी पराजित भएका थीए ।
‘औपचारिक–अनौपचारिक फुटका कारणले पनि धेरैपटक पराजय भोग्नुपर्‍यो । फुटको अवस्थामा हार व्यहोर्नुपरे पनि अहिले सबै वामपन्थी जुटेका वेला जित भएको छ ।’ उनले  बिजय सभामा भने ।

विशेष