राजनीति मुख्य समाचार

रामचन्द्र पौडेल हार्ने निश्चित

रामचन्द्र पौडेल हार्ने निश्चित

तनहुँ । तनहुँ १ मा नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल हार्ने निश्चित भएको छ । मतगणनाको सुरुवातदेखि नै लगातार पछाडि परेका पौडेल भारी मत अन्तरले पराजित हुने देखिएको छ । हारसँगै पौडेलको राजनीतिमाथि पनि प्रश्नचिन्ह खडा हुने देखिएको छ । 

२०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेल २०४८ मा १ बाट, २०५१, २०५६, २०६४ र २०७० मा २ बाट विजयी भएका थिए । निर्वाचन क्षेत्र निर्धारणका कारण उनी यो पटक तनँहु १ बाट उम्मेद्वार बनेका हुन् ।

यो समाचार तयार पार्दासम्म एमाले उम्मेद्वार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले २९ हजार ३ सय ८१ मत पाएका छन् । पौडेलको मत २३ हजार ८ सय ५७ छ । पौडेल ५ हजार ५ सय २४ मतले पछाडि छन् । ५८ हजार २ सय १२ मत गणना भएकोमा अब १० हजार मत मात्रै गन्न बाँकी छ । त्यहाँ ६८ हजार मत खसेको थियो ।

 

विशेष