राजनीति

झापा ४ मा साँवा विजयी, प्रदेशमा पनि वाम कै वर्चस्व

झापा ४ मा साँवा विजयी, प्रदेशमा पनि वाम कै वर्चस्व

झापा । झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा लिम्बु निर्वाचित भएका छन् ।

सावाँले ४३ हजार ५ सय १५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमाले उम्मेदवार सावाँ १६ हजार ६ सय ९३ मतान्तरले विजयी भएका हुन् ।

क्षेत्र ४ अन्तरगत प्रदेशसभा कमा माओवादी केन्द्रका झलकबहादुर मगर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण भट्टराईलाई ४ हजार ४ सय ७५ मतान्तरले पराजित गरे । मगरले १७ हजार २ सय ५६ मत प्राप्त गरे भने भट्टराईले १२ हजार ४ सय ८१ मत प्राप्त गरे। क्षेत्र नम्बर ४ अन्तरगतकै प्रदेशसभा खमा एमालेका हिराकुमार थापा विजयी भएका छन्। उनले कांग्रेसका उत्तमकुमार शर्मा सुवेदीलाई ९ हजार ९ सय ३६ मतान्तरले पराजित गरेका हुन्। थापाले २४ हजार ९ सय १ मत प्राप्त गरेका छन् भने, सुवेदीले १४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् ।

विशेष