राजेन्द्र महतोको अगाडि निधिको केही लागेन, रोकियो संसद यात्रा
जनकपुर । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेका कांग्रेस नेता विमलेन्द्र निधि पराजित भएका छन् । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग उनी हारेका हुन् । यो क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए ।
राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई भाी मतले हराएका हुन् । निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गर्दा महतोले ३० हजार ७४२ मत पाए । निधिले २७ हजार ८२८ मत मात्र पाए । निधि महतोसँग सुरुदेखि नै पछि परेका थिए । महतोलाई एक पटक पनि भेट्टाउन नसकेर उनी बाहिरिए ।
पूर्वगृहमन्त्री निधि कांग्रेस उपसभापतिका दाबेदारसमेत हुन् ।