कमल थापा ६ हजार मत अन्तरले पराजित
हेटौंडा । राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापा प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । मकवानपुर–१ बाट चुनाव लडेका उनलाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन् । थापा ६ हजार मत अन्तरले पराजित भएका हुन् । दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए ।
थापाको पहिलो संविधानसभा सदस्यमा जमानत जफत भएको थियो भने दोस्रोमा उनी समानुपातिकबाट चुनिएका थिए । पटक पटक सत्ताको स्वाद चाखेका थापा देउवा सरकारमा उपप्रधान तथा उर्जा मन्त्री छन् ।