रौतहट २ मा कांग्रेसका अफताव आलम विजयी
रौतहट । रौतहटको क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अफताव आलम विजयी भएका छन् । उनी १८ हजार ८ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरण साहले १६ हजार ८ सय ५७ मत प्राप्त गरे ।
प्रतिनिधि सभातर्फ रौतहटको क्षेत्रनम्बर २ मा ७८ हजार ७७३ मतदाता रहेकोमा ५५ हजार ३०० मत खसेको थियो ।