राजनीति

सधै पदको लोभी भनेर आरोप खेप्दै आएका अशोक राईलाई चेलाले हराउने नै भए

सधै पदको लोभी भनेर  आरोप खेप्दै आएका अशोक राईलाई चेलाले हराउने नै भए


काठमाडौं । देशैभरबाट मतपरिणाम आउने क्रम जारी नै रहेको छ ।

यसै क्रममा संघिय समाजवादी फोरमबाट उम्मेदवार बनेका अशोक राई सुनसरी १ बाट पराजित हुने संघारमा रहेका छन् । उनलाई उनकै चेला जयकुमार राईले दोब्बर मतले पछाडि पारेका छन् । पछिल्लो मत मरिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार जयकुमार राईको २५ हजार १ सय ४३ मत रहेको छ भने फोरमबाट उम्मेदवार बनेका अशोक राईको १३ हजार चौबिस मत रहेको छ ।

नेकपा एमालेबाट तीन पटक सांसद बनेका उनको कार्यकालमा कुनै पनि काम नगरेको भन्दै कार्यकर्ताबाट आलोचना खेपेका राई पछिल्लो पटक एमालेबाट विद्रोह गरी छुट्टै पार्टी निर्माण गरेका थिए । त्यस पछि उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरममा समाहित भएका उनलाई उनकै चेलालले हराउने भएका छन् ।

विशेष