राजनीति

भुतले खाजा खाने बेलामा उठेछु भन्ने यी उम्मदेवारको भयो यस्तो हालत

भुतले खाजा खाने बेलामा उठेछु भन्ने यी उम्मदेवारको भयो यस्तो हालत


भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता महेश बस्नेत करिब दोब्बर मतले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका हुन्।

विजयी पूर्वउद्योगमन्त्री बस्नेतले ३६ हजार चार सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनुपर्‍यो।
शनिबार मतगणनाकै क्रममा कांग्रेस उम्मेदवार ढुंगानाले हार स्वीकार गरिसकेका थिए। वर्षौं राजनीतिक रुपमा निष्क्रिय रहेका ढुंगानाको यस निर्वाचनमार्फत कम ब्याक गर्ने सम्भावना देखिएको छ। अब उनी राजनीतिमै राजनीतिमै रहन्छन् या पुनः पहिलेकै अवस्थामा फर्कन्छन्, चासोको विषय बन्न पुगेको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसारका क्रममा करिब १४ हजार मतान्तरले जित्ने दावी गरेका एमाले उम्मेदवार बस्नेतले उक्त दावीभन्दा बढी मत अन्तरले जित हात पारेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेका उनले यसपटकको निर्वाचनमा भने बाजी मार्न सफल भएका छन्।

पहिलो भएको कांग्रेस दोस्रो स्थानमा धकेलिँदा दोस्रो भएको नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा झरेको छ। नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार चार सय ७१ मतमै चित्त बुझाउनुपरेको छ। त्यस्तै विवेकशील साझा पाटीका शशिविक्रम कार्की एक हजार सात सय ८४ मत ल्याएर चौथो भए।
कूल ८३ हजार नौसय ३५ मतदाता रहेको यस क्षेत्रमा ७६।७५ प्रतिशत अर्थात ६४ हजार चार सय १८ मत खसेको थियो। जसमध्ये एक हजार तीन सय ४४ म तबदर भएको थियो।

विशेष