राजनीति

हारेका उम्मेदवारले कविता लेख्दै बधाई दिए विजेतालाई

हारेका उम्मेदवारले कविता लेख्दै बधाई दिए विजेतालाई


काठमाडौं । नुवाकोटबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका नेता जगदिश नरसिंह केसीले फेसबुकमा स्टाटस लेख्दै कविता मार्फत विजेतालाई बधाई दिएका छन् ।

यस्तो छ उनको स्टाटस

।।कर्मैमा हक तिम्रो छ फलमा छैन अर्जुन,।।
।।नराख फलको इच्छा नइच्छा कर्म छोडन ।।

महाभारतको युद्धमा कृष्णले अर्जुनलाई दिएको यही उपदेशलाई मार्गदर्शनको रूपमा लिई राजनीतिको माध्यमबाट समाजसेवा गर्न होमिएको म अनगिन्ति उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेको छु । जिन्दगीको यही यात्राको क्रममा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क मा उम्मेदवार बन्न पुगे ।

निर्वाचनको यात्रामा मलाई माया गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाता तथा सहयोगी, शुभेक्षुकहरूप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु । निर्वाचन हो, हारजीत भै नै हाल्छ ।। माथिको कवितामा जस्तै जीतहारलाई स्वाभाविक रूपमा लिनु पर्दछ । जनताको सेवा नै मेरो धर्म हो । निर्वाचनको आदेशलाई शिरोधार्य गरी सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गर्दछु । साथै, मसंगको मित्रवत प्रतिस्पर्धामा विजयी हुनु हुने मित्र केशवराज पाण्डे लगायत नुवाकोटका दुईवटै निर्वाचन क्षेत्र र बाँकी तीन वटै प्रदेशसभा क्षेत्रमा विजयी हुनुहुने वाम गठवन्धनका साथीहरूलाई लाई हार्दिक बधाई दिंदै जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न सफलता मिलोस भन्ने सुभकामना व्यक्त गर्दछु ।

विशेष