राजनीति

सुर्यबहादुरको विरासत जोगाउन सकेनन् सुनिल थापाले राईसँग पराजित

सुर्यबहादुरको विरासत जोगाउन सकेनन् सुनिल थापाले राईसँग पराजित

धनकुटा । एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गरेका छन् ।

विजयी राईले ३७ हजार ३३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिए ।

जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ ।

विशेष