पराजित भएपछि प्रदीप पौडेलले भने, ‘धाँधली भयो’
काठमाडौं । प्रदेशसभाअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ ‘क’बाट उठेको नेपाली कांग्रेस प्रदीप पौडेलले मतगणनामा फर्जी मतलाई स्वीकार गरेर धाँधली गरिएको आरोप लगाएका छन् ।
सो क्षेत्रबाट पराजित युवा नेता पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा मतपरिणामप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, ‘ तनहुँ क्षेत्र नं २ को मतगणनाको अन्तिम ५ मतपेटिकाहरु (अमरज्योति आ.बि ग्यारसिंघ ३७६,ब्यास ५ जनजुक्त शाही मा. बि s केन्द्रमा ५४२ , म्याग्दे गा. पा जनजौकुमारी शाही आ.बि. s वार्ड नं ७ को ४८७, ब्यास ५ उदय मा.बि ठुलोटार v ३९६ , म्याग्दे गा.पा वार्ड नं ४ स्थित मीन मा. बि V मा ५२७) भएका मतपत्रहरुको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो । ४२ फर्जी मत थप गरि ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यता माथिको चरम आक्रमण हो ।’
पौडेल माओवादीकी आशा कोइरालासँग ५ मतको अन्तरले पराजित भएका छन् ।