प्रचण्ड जित नजिक, १२ हजार मत गन्न बाँकी हुँदा १० हजार मतले अगाडि
चितवन । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जितको नजिक पुगेका छन् । १२ हजार ८० मत गन्न बाँकी रहँदा उनी निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे भन्दा १० हजार ४३ मतले अगाडि छन् ।
वाम गठबन्धनका तर्फबाट उठेका प्रचण्डले ४४ हजार ७ सय ५० मत प्राप्त गर्दा राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३४ हजार ७०७ मत पाएका छन् । यो क्षेत्रमा ९३ हजार ८२३ मत खसेकोमा ८१ हजार ७४१ मत गणना भइसकेको छ ।