राजनीति

कांग्रेसका सबै शीर्ष नेताले हार्दा कोइरालाको शानदान जीत

कांग्रेसका सबै शीर्ष नेताले हार्दा कोइरालाको शानदान जीत

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरे । त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बनेका छन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरे । कण्डेलले यादवसँग १० हजार २३२ मतअन्तरले विजयी बनेका हुन् ।

विशेष