राजनीति

मोहन विक्रमकी श्रीमतीले यसरी हराइन सिईओ छाडेका पोखरेललाई

मोहन विक्रमकी श्रीमतीले यसरी हराइन सिईओ छाडेका पोखरेललाई

काठमाडौं । प्रतिनिधि सभामा राजमोले प्यूठानबाट खाता खोलेको छ । वाम गठबन्धनकी उम्मेदवार राजमोकी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा गोविन्दराज पोख्रेललाई फराकिलो मतअन्तरले हराउँदै जित हात पारिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् । प्रतिद्वन्द्वी पोख्रेलले ३१ हजार दुइ सय ८६ मत ल्याए । मतअन्तर १६ हजार दुई सय २८ छ ।

जिल्लाका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रकी साझा उम्मदेवार पौडेल जिल्लाबाट पहिलो पटक निर्वाचित महिला सांसद भएकी छन् । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् ।

प्रतिद्वन्द्वी पोख्रेल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ‘सिईओ’ पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । पोख्रेलले स्थानीय निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा झण्डै १५ हजार मत बढी थपे पनि विजयी हुन सकेनन् ।

विशेष