राजनीति

एनपी साउद भारी मतले पराजित

एनपी साउद भारी मतले पराजित

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ वामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता एनपी साउँदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्। धामीले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साँउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरे।

धामी यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुर थापासंग पराजित भएका थिए। विद्यार्थी राजनीतिका समयमा कञ्चनपुरमा चर्चित छवि बनाएका विद्यार्थी नेता धामी अनेरास्ववीयुको केन्द्रीय कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गरिसकेका छन्।
हाल पार्टीमा अञ्चल कमिटी सदस्यमा आबद्व रहेका नेता धामी चर्चित जनज्योती गोलीकाण्डका घाइते विद्यार्थी नेता समेत हुन्। सिद्वनाथ बहुमुखी क्याम्पसमा स्ववियु सभापति हुदै उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष बनेका थिए।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सांसद धामीले आफूले जनताका पक्षमा सधै काम गर्ने बताए। ‘मलाई ठूलो विश्वास गरेर जनताले निर्वाचित गरेका छन्ु उनले भने,‘ अहिलेसम्म यस क्षेत्रका प्रतिनिधिहरुले गर्न नसकेको काम गरेर देखाउने छुु। उनले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिबद्वता पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।

विशेष