राजनीति

दिपक मनाङ्गेले जित्दा गणेश लामा पराजित

दिपक मनाङ्गेले जित्दा गणेश लामा पराजित


बनेपा । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ख बाट वाम गठबन्धनको नेकपा एमालेका चन्द्र लामा विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गरेका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरे ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को क मा वाम गठबन्धनका एमालेका लक्ष्मण लम्साल विजयी भए । उनले लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ फराकिलो मतान्तरले पराजित गरेका हुन् । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा आर्चायले १६ हजार ५८९ मत प्राप्त गरे

यसअघि प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क मा पनि वाम गठबन्धनको माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भए । 

विशेष