राजनीति

स्याङ्जा १ (ख) मा वाम गठबन्धनका गुरुङ विजयी

स्याङ्जा १ (ख) मा वाम गठबन्धनका गुरुङ विजयी

वालिङ । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । 

नेकपा(एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् । गुरुङले २० हजार २४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो । 

यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेका छन् । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 

विशेष