मन्त्रीले हारे पिएले जिते, मोहन सिंह राठोरको अधोगती
काठमाडौं । पूर्व शिक्षामन्त्री एवम् सो क्षेत्रबाट पटक पटक सांसद बनेका मोहन सिंह राठोर कैलाली क्षेत्र न. २ बाट प्रतिनिधीसभाको निर्वाचनमा आफ्नै स्वकिय सचीबसंग पराजित बनेका छन् ।
झपड रावलले १४३६६ मत प्राप्त गरी बिजय भए भने राठोरले १२२३४ मत मात्र प्राप्त गरे । एमाले उपाध्याक्ष भिम रावलको दादागीरी सहन नसकेर पार्टी परिवर्तन गरेको बयान दिँदै उनले नेपाली कांग्रेस प्रवेश गरेको भोलिपल्टै टिकट हत्याउन सफल भएका थिए ।
लामो समय एमालेको राजनीति गरेका राठोरलाई क्षेत्र नं. २ का स्थानिय कांग्रेसीहरुले खुल्ला भावले सहयोग नगरेको कुरा समेत बाहिरिएको छ ।
स्थानीय तहको निर्वाचनका बेलामा साविक एमाले उम्मेद्वारलाई असहयोग गर्दै उनले आफ्ना घरमा काम गर्न बसेको मानिसलाई वडा अध्यक्षको उम्मेद्वारी दिन लगाएर प्रचार प्रसारमा हिडेका थिए । आफू संसदको अनुशासन समितीमा बसेको भएपनि पार्टी भित्र उनले धेरै नै अलोकप्रिय काम गरेको कारण पार्टीले उनलाई कारबाहीको लागि सिफारिस गरेको थियो । यहि कारण उनले पाउनु पर्ने टिकट नपाएको एमाले निकट स्रोत बताउँछ ।