राजनीति

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क)मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख)मा माओवादी केन्द्रका नन्दबहादुर साउँद १२ हजार ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गरेका छन् । 

प्रतिनिधिसभा सदस्यको मतगणना भने अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणामअनुसार एमालेका झपट रावलले २० हजार १८३ मत पाउँदा नेकाका मोहनसिंह राठौरले १७ हजार ५०८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५८ हजार ८७८ मत खसेकामा अब १३ हजार २८३ मत गणना हुन बाँकी रहेको छ । 

यसअघि कैलाली जिल्लाको प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा निर्वाचन क्षेत्र नं १ मा राजपा नेपालका रेशमलाल चौधरी, क्षेत्र नं ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र क्षेत्र नं ५ मा एमालेका नारदमुनि राना विजयी भएका छन् । 

bam gathabandan

विशेष